छोराको घटनास्थलमै च्यापिएर मृत्यु, आमा गम्भीर घाइते (तस्बिरहरुसहित )

  • ख-
  • ख+

दमौली: व्यास ६ साँजास्थित बाकोरे खोलास्थित कच्ची सडकमा एक ट्याक्टर सडकबाट झण्डै तीन सय मिटर तल खसेर भएको दुर्घटनामा परी बालकको ज्यान गएको छ ।

स्थानीय ९ वर्षका सरोज थापाको सोही ट्याक्टरको ढालाले च्यापिन गई घट्नास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

साँजाबाट सेखाटार तर्फ जाँदै गरेको ग १ त ३०८३ नं.को ट्याक्टर अनियन्त्रत भई भएको दुर्घटनामा ट्याक्टर चालकजिल्ला तनहुँ ब्यास न.पा. ६ सेखाटार बस्ने बर्ष ४० को बुद्दी श्रेष्ठ र ट्याक्टरमा सवार मृतक सरोजकी आमा २७ कि सरस्वती थापा घाईते छन् । घाइतेको दमौली अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।


घटनामा ट्याक्टरको अग्रभाग क्षतविक्षत भएको छ । पछाडिको भाग रुखमा नअड्केको भए थप क्षति हुने घटनास्थलमा उद्धारमा संलग्नले बताएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्