ओली समूहको सभाः तनहुँबाट दुई दर्जन बस काठमाडौं

  • ख-
  • ख+

दमौलीः नेकपाका अध्यक्ष केपी शर्मा ओली समूहको काठमाडौंमा आयोजित आम सभामा तनहुँबाट दुई दर्जन बढी बस र झण्डै दोब्बरको संख्यामा निजी सवारी गएको नेताहरुले दाबी गरेका छन् ।

ओली खेमाका नेता एवं सचिवालयका सचिव राजेश्वर ढकालले दमौलीबाट मात्र १० बस नेता कार्यकर्ता काठमाडौं गएको जानकारी दिए । उनका अनुसार जिल्लाभरबाट धेरै बस काठमाडौं पुगेका छन् ।

‘बिहिबारसम्मको तयारीभन्दा थप भएर २५ जति बस पुगेको जानकारी पाएको छु,’ उनले टेलिफोनमा भने,‘निजी सवारीको संख्या झण्डै ५० छ ।’


अध्यक्ष प्रचण्ड–नेपाल पक्षले देशव्यापी प्रदर्शन र बन्द गरे पछि ओलीले कार्यकर्ता आफूसँग रहेको सन्देश दिन राजधानीमा शक्ति प्रदर्शन गरेका हुन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी