जग्गा पाउन व्यासका भूमिहिनलाई फागुन १३ सम्म निवेदन दिन म्याद

  • ख-
  • ख+

दमौलीः व्यास नगरपालिकाका भूमिहिन तथा अव्यवस्थित बसोबासीले फागुन १३ गतेसम्म जग्गा पाउनका लागि निवेदन दिनुपर्ने व्यास नगरपालिकाले जनाएको छ ।

गत माघ ९ गते नै सूचना जारी भैसकेकाले वडा कार्यालयहरुबाट तथ्यांक संकलनका लागि खटाइएको नगरपालिकाले जनाएको छ ।

भूमिहिन तथा व्यवस्थित बसोबासीले यसै अवधिमा आफू बस्दै आएको जग्गा पाउनका लागि भूमि सम्बन्धी समस्या समाधान आयोगले तोकेको ढाँचामा निवेदन दिनुपर्ने बताइएको छ ।


अन्य तहहरुले पनि यसैगरी भूमिहिनका लागि सूचना जारी गरेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्