
दमौलीः दमौली अनशन चौतारी क्षेत्रमा जाने यात्रु तथा सर्वसाधारणका लागि निःशुल्क पानी उपलब्ध गराउन जेसिआई व्यास नगरले निर्माण गर्ने भनेको जेसिज धाराको काम शुरु भएको छ ।
जेसिआई व्यास नगरले अनशन चौतारीमा आउने सर्वसाधारण र दमौली अस्पतालका बिरामी कुरुवा समेतलाई लक्षित गरेर २४ सै घण्टा पानी दिने गरी धारा बनाउने घोषणा गरेको थियो ।
धाराको निर्माण शुरु भैसकेको र केही दिनभित्रै सम्पन्न हुने लक्ष्य राखिएको निर्माण समितिका संयोजक एवं पूर्व अध्यक्ष सुरेश पुरीले जानकारी दिए ।

अहिले निर्माणकर्मीले काम थालेका छन् । दमौली अस्पताल जाने बाटैमा निर्माण सम्पन्न गर्न करिब दुई लाख लाग्ने अनुमान गरिएको छ ।
व्यास ३ वडा कार्यालयसँगको समन्वयमा निर्माण गरिएको धाराको व्यवस्थापनमा वडाले सघाउने अध्यक्ष लक्ष्मीभक्त खनालले बताए । धारामा युरो गार्डमार्फत फिल्टर गरिएको पानी उलब्ध गराउने जेसिजले बताएको छ ।