पक्राउ परेका नेकपाका डेढ दर्जन नेता कार्यकर्ता रिहा

  • ख-
  • ख+

दमौलीः बन्द गराउने कार्यमा संलग्न भएको भन्दै प्रहरीले विहान भोर्लेटार चोकबाट नियन्त्रणमा लिएका प्रचण्ड नेपाल खेमाका नेकपा केन्द्रीय सदस्य प्रतापलाल श्रेष्ठसहित १६ नेता कार्यकर्ता रिहा भएका छन् ।


बन्द गराउने क्रममा पक्राउ परेकामा नेकपाका केन्द्रीय सदस्य प्रतापलाल श्रेष्ठ, प्रदेस सदस्य अतिन्द्रकेशरी न्यौपाने,ओमराज आले मदन, व्यास नगर अध्यक्ष श्रीराम कार्की, युवासंघका अध्यक्ष ईश्वर बस्याललगायत सबैलाई प्रहरीले रिहा गरेको हो ।


रिहा लगत्तै नेता कार्यकर्ताले नाराबाजीका साथ दमौली परिक्रमा गरेका थिए । उनीहरुले प्रधानमन्त्री तथा सरकारको विरोधमा नारा लगाएका थिए ।

संवैधानिक अंगहरुमा सरकारले नियुक्ति गरेपछि सरकारविरुद्ध आन्दोलन गर्दै आएको नेकपाको खेमाले नेपाल बन्द आह्वान गरेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी