
दमौली: बन्द गराउने क्रममा पक्राउ नेकपाको प्रचण्ड- नेपाल खेमाका नेता कार्यकर्ता १६ पुगेको प्रहरीले जनाएको छ । दमौलीस्थित पृथ्वी राजमार्गबाट ती नेता कार्यकर्ता पक्राउ परेको प्रहरी नायब उपरीक्षक युवराज तिमल्सेनाले जानकारी दिए ।
यसरी पक्राउ परेकामा नेकपाका केन्द्रीय सदस्य प्रतापलाल श्रेष्ठ, प्रदेस सदस्य अतिन्द्रकेशरी न्याैपाने,ओमराज आले मदन, युवासंघका अध्यक्ष ईश्वर बस्याललगायत डेढ दर्जन रहेको नेकपा ले जनाएको छ । नियन्त्रणमा रहेका व्यास नगर अध्यक्ष श्रीराम कार्कीले १६ जना पक्राऊ परेको बताए ।
यसैबीच, केन्द्रीय सदस्य आशा कोइरालाले आफ्ना नेता कार्यकताकाे रिहाईको माग गरेकी छन् ।
एक विज्ञप्ति निकाल्दै उनले केपी वली सरकारकाे असम्बैधानिक कदमका विरुद्ध गरिएकाे अान्दाेलनमा गरिएकाे प्रहरी दमनकाे निन्दा गरेकी छन् ।उनले प्रक्ाउ परेकाे नेताहरुकाे विनासर्त तत्काल रिहाइको माग गर्दै दमन नगर्न प्रहरी प्रशासनसंग अपिल गरेकी छन् ।