सवारी चलाउन चाहनेलाई सुरक्षा: प्रहरी

  • ख-
  • ख+

दमौली: नेकपाको प्रचण्ड – नेपाल खेमाले आह्वान गरेको नेपाल बन्दका क्रममा आवतजावत गर्न चाहनेलाई सुरक्षा प्रदान गरिने तनहुँ प्रहरीले जनाएको छ ।प्रहरीले जिल्लाभर राजमार्ग क्षेत्रमा गस्ती बढाएको छ ।

राती छुटेका बसहरू विहान सम्म राजमार्गमा चलेका थिए ।केही निजी सवारी पनि विहान सडकमा देखिए ।

केहीले सुरक्षामा र केही आफै चलेको भन्दै प्रहरी नायब उपरीक्षक युवराज तिमल्सेनाले भने,’ हिँडडुल गर्न चाहनेलाई प्रहरीले सुरक्षा दिन्छ ।’प्रहरीले जबर्जस्ती बन्द गराउने लाई नियन्त्रणमा लिने बताएको छ । ‘ कसैले जबर्जस्ती बन्द गराउन खोजे नियन्त्रणमा लिनेछौँ,’ उनले भने ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी