नेकपा मसाल जुलुसः प्रहरीले धमाधम राँको निभाउन थालेपछि………(भिडियोसहित)

  • ख-
  • ख+

दमौलीः प्रधानमन्त्रीको कदमका विरुद्ध प्रदर्शनमा उत्रिएको नेकपाको प्रचण्ड–नेपाल समूहले बिहिबार आह्वान गरेको नेपाल बन्दको पूर्व सन्ध्यामा दमौलीमा निकालेको मसाल जुलुसमा प्रहरीले हस्तक्षेप गरेको छ ।


पहिल्यै पार्टी कार्यालयबाट जुलुस निकाल्ने सूचना सार्वजनिक भए पछि प्रहरीले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको थियो । जुलुस निकाल्न सुरु हुनासाथ प्रहरी सुरक्षाकर्मीले नेकपा पार्टी कार्यालय दमौली अगाडि नै राँको निभाउन थालेका थिए ।


प्रहरीलाई छल्दै सानो संख्या सफासडकबाट ट्राफिक चोक अघि बढ्यो भने अर्को समूह जुलुससहित फरक रुटबाट अघि बढेको थियो । प्रहरीले सुरुमै धेरैको राँको निभाएकाले ठूलो संख्यामा राँको चोकमा लग्न नपाए पनि केही नेता कार्यकर्ताले भने चोकमा पु¥याएको राँको पनि प्रहरीले निभाइदिएको थियो ।


त्यसपछि केन्द्रीय सदस्य प्रतापलाल श्रेष्ठ, गण्डकी प्रदेस कमिटिका सदस्यहरु शंकरनारायण श्रेष्ठ, ओमराज आले, अतिन्द्रिकेशरी न्यौपाने, पूर्व सांसद कलिला खानलगायतका नेकपा नेता कार्यकर्ता कार्यकर्ता जुुलुससहितको कोणसभामा सहभागी बनेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी