कांग्रेसको विकासमा कम्युनिष्टले जस लिएः पौडेल

  • ख-
  • ख+

दमौलीः नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसले गरेको विकासमा कम्युनिष्टले जस लिएको आरोप लगाएका छन् ।

तनहुँको ऋषिङको ४ र ६ वडा जोड्ने ढाक्रे खोलामाथि निर्मित पुलको उद्घाटन गर्दै उनले गाउँगाउँमा गएका विकास र बाटाघाटा कांग्रेसले बनाएको दाबी गरे । ‘हामीले बनाएका बाटाघाटालाई नाम दिएर कम्युनिष्टले नक्कली प्रचार गरेका छन्,’ उनले भने,‘जनताले यो कुरा बुझ्नुपर्छ ।’


तीन करोड ६० लाखमा बनेको पुलले गाउँपालिकाको ४ र ६ नम्बर वडा जोडेको छ ।
कार्यक्रममा राष्ट्रिय सभा सदस्य प्रकास पन्त, गण्डकी प्रदेसका प्रदेश सभा सदस्य डोवाटे विक र सरिता गुरुङ, संविधान सभा सदस्यद्वय रामचन्द्र पोखरेल र झुलबहादुर आले, जिल्ला समन्वय समिति प्रमुख शान्तिरमण वाग्ले, कांग्रेस कार्यवाहक सभापति जितप्रकाश आलेलगायत नेताहरुले बोलेका थिए ।


प्रदेस र संघले बजेट नदिए पनि विकासबाट जनता पछि छैनन्ः श्रेष्ठ
कार्यक्रममा ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले गाउँपालिकाको दुई विकट क्षेत्रलाई जोड्नका लागि आफ्नै पूर्ण बजेटमा पुल बनेको बताए । प्रदेस र संघीय सरकारबाट उल्लेख्य सहयोग नभएकाले विकासमा समस्या आए पनि जनतालाई विकासमा कमि आउन नदिन काम गरेको उनले बताए ।

‘प्रदेस र संघले बजेट नदिए पनि हामीले जनतालाई विकासबाट बञ्चित गरेका छैनौं,’ उनले भने ।
उपाध्यक्ष गिनुमाया थापा तथा प्रमुख प्रशासकिय अधिकृत चण्डिका पौडेलले पुलको बारेमा जानकारी दिएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी