तनहुँ उद्योग वाणिज्य संघको महाधिवेशन फागुन दोश्रो साता गर्ने तयारी

  • ख-
  • ख+

दमौलीः तनहुँका उद्योगी व्यवसायीको छाता संगठन तनहुँ उद्योग वाणिज्य संघको महाधिवेशन फागुन दोश्रो साता गर्ने तयारी गरिएको छ ।


यस अघि गत पुष ९ गते सम्पन्न पदाधिकारी बैठकले फागुन १७ देखि २२ सम्ममा सबै बजार एकाईको अधिवेशन सकेर जिल्लाको अधिवेशन चैत्र पहिलो साता गर्ने निर्णय गरेको थियो ।
यस अघि चैत्रमा गर्ने निर्णय गरे पनि फागुनभित्रै अधिवेशन गर्ने गरी तयारी थालिएको अध्यक्ष मानकाजी श्रेष्ठले बताए ।


‘पहिलो साता बजार एकाईहरुको अधिवेशन सकेर दोश्रो साता जिल्लाको गर्न सकिन्छ कि भनेर तयारी थालेका छौं ।’ श्रेष्ठ नेतृत्वको तीन वर्षे कार्यकाल सकिएको छ । यस अघिको महाधिवेशन पुष ९ गते भएको थियो ।


संघको विधान अनुसार सामान्यतः असोजमा हुने अधिवेशन छ महिनाभन्दा बढी समय कटाउन पाइन्न । विगतमा ढिलो हुँदा पनि पुषमा महाधिवेशन गर्ने गरिए पनि यसपाली भने कोभिडका कारण अधिवेशन हुन सकेको थिएन ।


अध्यक्ष श्रेष्ठले संघको कार्यसम्पादन समितिमा फागुनमै महाधिवेशन गर्ने विषयमा परामर्श गर्ने र पदाधिकारी बैठकको निर्णयपछि कार्यान्वयनमा जाने बताए । संघले बुधबार कार्यसम्पादन र बिहिबार कार्य समितिको बैठक डाक्दैछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी