
दमौलीः तनहुँ कारागारका दुई सय ६९ जनाले कोभिड १९ विरुद्धको कोभिसिल्ड खोप लगाएका छन् ।
स्वास्थ्य कार्यालयले मंगलबारसम्म बढाएको खोप लगाउने समयसीमाका क्रममा उच्च जोखिममा रहेको भन्दै सरकारको प्राथमिकतामा परेका तनहुँ कारागारका कैदीबन्दी र सुरक्षाकर्मीलाई पनि खोृप लगाइएको कार्यालयका खोपसम्बन्धी अधिकारी विरेन्द्रकुमार चौधरीले जानकारी दिए ।

खोप लगाउनेमा दुई महिला र सात पुरुष सुरक्षाकर्मी बाहेक सबै कैदीबन्दी छन् ।
एउटा ब्लकमा एक सय ३० र दोश्रोमा एक सय ३९ जवनालाई खोप लगाइएको चौधरीले जानकारी दिए । खोप लगाउने कार्यको सहायक प्रजिअ चित्रांगद बरालले अनुगमन गरेका थिए ।