ऐना पहरोबाट सवारी मस्र्याङदीमा खसेकै होला ?

  • ख-
  • ख+

मस्र्याङदीमा सशस्त्रको गोताखोर परिचालन
भदौ १७, आँबुखैरेनी
आँबुखैरेनी ४ ऐनापहरोस्थित पृथ्वी राजमार्ग छेउमा रहेको सडक पेटी भत्किएको देखियो । बुधबार विहानै सडकको अवस्था हेर्दा जोकोहीले सवारी साधन मस्र्याङदी नदीमा सवारी साधन खसेको अनुमान गरे ।

स्थानीयले भत्किएको सडक पेटीको तस्बिर पनि सामाजिक सञ्जालमा राख्न थाले पछि प्रहरीले कुनै दुर्घटना भएको आशंकामा खोजी कार्य थालेको छ ।
‘घटनास्थलको प्रकृति हेर्दा केही खसेको जस्तो देखिन्छ,’ तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमल्सेनाले भने,‘त्यसैले खोजी थालेका हौं ।’


मुग्लिनको कुरिनटारस्थित सशस्त्र प्रहरी बलको गोताखोर सहितको टोलीले अहिले मस्र्याङदी नदीमा खोज तथा उद्धार थालेको छ । स्थानीय बादल थकालीले विहान सवारी खसेको आशंका उब्जिएको बताए । ‘पक्कै केही खसेको हुनुपर्छ,’ उनले भने ।

स्थानीयले दमौलीबाट मुग्लिनतर्फ जाँदै गरेको सवारी खसेको हुनसक्ने आशंका गरेका छन् ।
ऐनापहरोको सडक मुन्तिर मस्र्याङदी गहिरो भएकाले सवारी डुबेको आशंका प्रहरीको छ । ‘नदी गहिरो भएकाले खसेर डुबेको हो कि,’ उनले भने,‘विस्तृत कुरा खोजी पछि नै थाहा होला ।’

तस्बिरःबादल थकाली

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी