भूमि समस्या समाधान आयोग तनहुँमा दधिराज

  • ख-
  • ख+

दमौली: भूमि सम्बन्धी समस्या समाधान आयोगको तनहुँ जिल्ला अध्यक्षमा दाधिराज सुवेदी नियुक्त भएका छन् । सदस्यमा दीर्घबहादुर दरै र शान्ती कुँवर नियुक्त भएका छन् ।

मन्त्रिपरिषदको माघ १५ को बैठकले गरेको निर्णय सोमबार राजपत्रमा सूचना टाँस गर्दै सार्वजनिक गरिएको हो ।

सुवेदी यस अघि ओली खेमाको नेकपाको पछिल्लो समय विस्तारित केन्द्रीय सदस्य बनेका थिए ।

तर निर्वाचन आयोगले त्यस निर्णयलाई मान्यता दिएको थिएन ।सरकारले एक साथ पछिल्लो समय राजनीतिक नियुक्तिलाई बढाउँदै गएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी