कांग्रेस निर्णायक संघर्षमा गएकै छैन, जाने दिन नआओस्ः पौडेल (भिडियोसहित )

  • ख-
  • ख+

दमौलीः नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिनिधि सभा विघटनविरुद्धको आन्दोलनमा कांग्रेस निर्णायक बिन्दुमा गै नसकेकाले सच्च्याउनका लागि प्रधानमन्त्रीलाई चेतावनी दिएका छन् ।

उनले कांग्रेस यसमा स्पष्ट हुनुपर्ने भन्दै पार्टीलाई एक हुन आग्रह गरे । ‘कांग्रेस यसमा द्विविधामा हुनु हुन्न,’ उनले भने,‘म सारा पार्टीका कार्यकर्तालाई प्रतिगमनविरुद्ध एक हुन आह्वान गर्छु ।’


तनहुँको दमौलीमा भ्रातृ संस्थाले आयोजना गरेको विरोध सभामा बोल्दै उनले यदि नसच्चिए कांग्रेस कडा संघर्षमा उत्रने चेतावनी दिए । वरिष्ठ नेता पौडेलले प्रधानमन्त्रीली सनकका भरमा प्रतिनिधि सभा विघटन गरेको आरोप लगाए ।

‘प्रधानमन्त्री एक जनाको सनकका भरमा जनताका प्रतिनिधि फेस गर्ने सामथ्र्य नभएर प्रतिनिधि सभा विघटन भएको छ,’ उनले भने,‘यसमा राष्ट्रपतिको पनि दोष छ ।’
उनले यसको उपचार प्रतिनिधि सभाको पुनस्र्थापना मात्र भएको बताए । ‘प्रतिनिधि सभा पुनस्र्थापना भए मात्र रेल ट्रयाकमा आउँछ ठेगानमा आउँछ,’ उनले भने ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी