कक्षा १२ को नतिजा सार्वजनिक

  • ख-
  • ख+

काठमाडौंः राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । विहान बसेको परीक्षा बोर्डको बैठकले नतिजा सार्वजनिक गरेको हो । 

नियमित तर्फ परीक्षामा तीन लाख १० हजार तीन सय १६ जना सम्मिलित भएका थिए । ती मध्ये सबै भन्दा धेरै जीपीए २ दशमलब ४१ – २ दशमलब ८० मा एक लाख नौ हजार तीन सय १२ विद्यार्थीको ग्रेड वृद्धि भएको बोर्डले जनाएको छ । 

यस्तै ग्रेडबृद्धि तर्फ ९१ हजार नौ सय जना सहभागी थिए भने आँशिक तर्फ ३१ जार ५५ जना गरी चार लाख ३३ हजार २ सय ७१ जना परीक्षामा सहभागि भएको बोर्डले जनाएको छ । 

आँशिक तर्फका एक जनाको नतिजा रद्द गरिएको छ भने नियमित तर्फ छ हजार तीन सय २० जनाको स्थगित गरिएको छ । यस्तै दुई हजार नौ सय ८२ जना ग्रेडबृद्धि तर्फका र दुई हजार एक सय ८८ जना आँशिक तर्फका विद्यार्थीको नतिजा स्थगित गरिएको छ । आँशिक तर्फ २५ हजार दुई सय ८८ जना उत्तिर्ण भएका छन् ।  यो ८१ दशमलब ४३ प्रतिशत हो । 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी