भिमाद र ऋषिङ जोड्ने फेदी खोलामा तीन करोडको पुल

  • ख-
  • ख+

भिमाद:ऋषिङ गाउँपालिका-८ र भिमाद नगरपालिका -५ जोड्ने फेदिखोला पुलको शिलान्यास भएको छ । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले आईतबार पुलको शिलान्यास गरे ।

शिलान्यास समारोहमा मन्त्री गुरुङले गण्डकी प्रदेश सरकार प्रदेशको समग्र आर्थिक विकास तथा समृद्धि गर्ने जनचाहना अनुरुप कार्य गर्दै अगाडि बढिरहेको बताए । मानिसका आवश्यकता र विकासक्रमको सीमितता नहुने बताउदै मन्त्री गुरुङले गण्डकी प्रदेश सरकार बिकास कार्यक्रममा तीव्रताका साथ अगाडि बढेको दावी गरे ।

भिमाद नगरपालिकाका प्रमुख मेखबहादुर थापाले स्थानीयका आवश्यकता सम्बन्धमा आफुहरुलाइ जानकारी गराउने र भैरहेका विकास निर्माणका कार्यमा जनताको निगरानी अनिवार्य रहेको बताए ।

२५ मिटर लम्बाईको उक्त पुल निर्माणको जिम्मा केबिसी बिल्डर्स, चितवनले पाएको छ । पुलको सम्झौता रकम ३ करोड ५८ लाख ३१ हजार ९ सय ८० रुपैयाँ रहेको र २०७८ पौष २५ गते सम्पन्न गर्ने लक्ष्य रहेको पुर्वाधार विकास कार्यालय, तनहुँका प्रमुख ओमराज ढुङ्गानाले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी