म्याग्देकाे नि:शुल्क शिविरमा तीन सय बढीको परीक्षण

  • ख-
  • ख+

म्याग्दे: म्याग्दे पाेलिक्लिनिक र दमाैली प्याथ ल्याबकाे सहकार्यमा थर्पुमा संचालित निशुल्क स्वास्थ्य शिविरबाट तीन सय बढिले नि:शुल्क स्वास्थ्य सेवा लिएका छन् । दीर्घरोगीलाइ मध्यनजर गर्दै सुगर , पेसर , दम , किड्नी , एरिकेसिड , मुटु र पिसाब सम्बन्धि बिशेषज्ञ जाँच नि:शुल्क गरिएको दमौली प्याथ ल्याबका सञ्चालक अभिनय पन्थले जानकारी दिए ।

शिविरमा हाडजोर्नी तथा नशा राेग विशेषज्ञ डा . बुद्दिराज गुरूङ , महिला तथा प्रसुति राेग विशेषज्ञ डा . रूपेस सिँह बस्न्यात , पेट मुटु , छाति , सुगर तथा थाइराइड राेग विशेषज्ञ डा . सराेज पाेख्रेल , ईमर्जेन्सी मेडिसिन विशेषज्ञ डा . अमित तुलाचन , मेडिकल अफिसर डा . प्रदिप थापा , डा . निशिकान्त यादव , विवेक श्रेष्ठ , श्याम विक , सृजना बराल , श्रेया न्याैपानेद्वारा बिरामी जाँच गरिएको थियो ।

अाफ्नै घर गाउँमा विशेषज्ञ डाक्टरहरूद्वारा नि:शुल्क जाँच गर्न पाउँदा बिरामीहरू निकै खुशी देखिन्थे । काेभिड १९ लाई मध्यनजर गर्दै नि:शुल्क मास्क र सेनिटाइजर समेत
शिविरमा उपलब्ध गराईएकाे थियो ।

पाेलिक्लिनिकमा २४सै घण्टा डाक्टरबाट इमर्जेन्सी सेवा, प्रयोगशाला, एक्सरे सेवा, फार्मेसी सेवा, भिडियो एक्सरे सेवा, बहिरंग सेवा, स्वास्थ्य परीक्षण लगायत सेवा उपलब्ध हुँदै अाएकाे छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी