ऋषिङमा ‘बकवान्यै धेंधेबल्ला कासा’

  • ख-
  • ख+

दानबहादुर श्रेष्ठ
ऋषिङ :
ऋषिङ गाउँपालिकामा बकवान्यै धेंधेबल्ला कासा(दौड प्रतियोगिता) ११४१ सम्पन्न भएको छ ।
ऋषिङ गाउँपालिकाका वडा नं ८ स्थित भिमसेन नेवाःखलः को ८ औं साधारण सभाको अवसरमा भएको प्रतियोगितामा १० खेलाडि सहभागी पुरुष तर्फको खेलमा सुर्यकुमार श्रेष्ठले प्रथम स्थान हासिल गरे भने अर्जुन श्रेष्ठ र सुवास श्रेष्ठ क्रमस द्वितीय र तृतिय स्थान प्राप्त गरेका छन् ।


यसैगरी सात प्रतियोगी सहभागी महिलातर्फको खेलमा मन्जु श्रेष्ठले प्रथम स्थान हासिल गरेका छन भने साजनी श्रेष्ठ र सम्झना श्रेष्ठले क्रमस द्वितीय र तृतिय स्थान हासिल गरेका छन् ।
विजेताहरुलाई कार्यक्रममा नगद सहित मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।
नेवाः खलः ऋषिङ्गका संयोजक खलः भित्र रहेका १८ जना पति गुमाएका महिलाहरुलाई सम्मान गरिएको छ । महिलाहरुलाई दोसल्ला ओढाएर नेवाः खलका अध्यक्ष महेन्द्रकुमार श्रेष्ठ तथा प्रमुख अतिथी राजेन्द्रकृष्ण श्रेष्ठले सम्मान गरि सहानुभुती प्रदान गरेका थिए

‘ऋषिङको पहिचानमा नेवार संस्कृतिको महत्वपूर्ण भूमिका’
ऋषिङ गाउँपालिकाको पहिचानसँग यहाँका जात जातिको संस्कृति जोडिएकाले यसको संरक्षणमा गाउँपालिकाले भूमिका खेल्ने अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले बताएका छन् ।
ऋषिङ गाउँपालिकाका वडा नं ८ स्थित भिमसेन नेवाःखलः को ८ औं साधारण सभाको उद्घाटन गर्दै उनले समुन्नत गाउँपालिका बनाउन तथा गाउँपालिकालाई सुसंस्कृत बनाउन सबै भाषा तथा संस्कृतिको जगेर्ना गर्नुपर्ने औंल्याए ।


उनले गाउँपालिकाका नेवाः संस्कृतिसँगै अन्य वर्ग र समुदायको भावना पनि समेट्ने बताउँदै ऋषिङ्गबाट लोप हुन लागेका संस्कृतिलाई बचाउन गाउँपालिका लाग्ने प्रतिवद्धता जनाए । कार्यक्रममा विशिष्ट अतिथि ऋषिङ्ग गाउँपालिकाका न्यायिक समितिका सदस्य भरतकुमार श्रेष्ठले नेवार समुदायले आफ्ना संस्कार तथा संस्कृती बचाउनको लागि कोसिस गरिरहेको भन्दै पृथक संस्कार र पहिचान भएको नेवाः संस्कृतिलाई प्रचारप्रसार गर्न स्थानिय तहले सहयोग गर्नुपर्ने बताए ।


कार्यपालिका सदस्य यमुना श्रेष्ठले ऋषिङ्गको समग्र बिकासको लागि सबैले हातेमालो गर्नुपर्ने बताउँदै नेवाः समुदायले पनि संस्कृती बचाउन लाग्नुपर्ने बताइन् ।
।मथुराकृष्ण श्रेष्ठ,सल्लाहकार दान बहादुर श्रेष्ठ,झलक नारायण श्रेष्ठ, रमेश कुमार श्रेष्ठ,शान्ती श्रेष्ठ,तारा कुमारी श्रेष्ठ, खलःका सचिव गणेशकुमार श्रेष्ठ तथा सदस्य मिलन श्रेष्ठलगायतले संस्कृती बचाउन ऐक्यबद्धता जनाउँदै कार्यक्रम सफलताको शुभकामना दिएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी