दीपकको नेतृत्वमा जेसिआई भानु बन्दीपुर गठन

  • ख-
  • ख+

डुम्रेः दीपक थापाको संयोजकत्वमा सम्भावित जेसिआई भानु बन्दीपुर गठन तयारी गरिएको छ । जेसिआई व्यास नगर वर्ष २०२१ का अध्यक्ष लक्ष्मीभक्त खनालको नेतृत्वमा डुम्रेमा शनिबार सम्पन्न भानु नगरपालिका र बन्दीपुर गाउँपालिकाका युवाहरुको भेलाले सम्भावित जेसिआई भानु बन्दीपुर गठन गर्ने निर्णय गर्दै यसका लागि थापालाई संयोजक चयन गरेको हो ।


जेसीआइ व्यास नगरको मातृत्वमा प्रस्तावित क्लबलाई जेसिआई भानु बन्दीपुरको मान्यता प्रदान गर्नका लागि प्रक्रिया अघि बढाइने जेसिआई व्यास नगरका अध्यक्ष खनालले बताए ।

भेलामा नेपाल जेसिजका राष्ट्रिय कोषाध्यक्ष पबिन्द्र भट्टराई, जेसिआई व्यास नगरका पूर्व अध्यक्षहरु एकप्रसाद श्रेष्ठ, श्रीकृष्ण बिजुक्छे, सुरेश पुरी,माधव न्यौपाने, भरतकुमार श्रेष्ठसहित पदाधिकारीलगायत उपस्थित थिए ।


भानु र बन्दीपुरका करिब ५० युवा सहभागी भेलाले जेसिआईलाई नेपाल जेसिजसँग औपचारिक मान्यता पाउनका लागि काम अघि बढाउने भएको छ । संस्थाले भानु र बन्दीपुर क्षेत्रका युवालाई समेटेर व्यक्तिगत क्षमता तथा नेतृत्व विकासको अभियानमा भूमिका खेल्ने संयोजक थापाले बताए

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी