तनहुँसुरः चार सहिद जन्माएको गाउँ

  • ख-
  • ख+

दमौलीः माघ १६ गतेलाई सहिद दिवसका रुपमा मनाइन्छ । राणाशासनकालमा चार सहिदले सहादत पाए पछि मनाउन थालिएको सहिद सप्ताहअन्तर्गत धेरै ज्ञात अज्ञात सहिदलाई सम्झने गरिन्छ ।


राणाशासनविरुद्धको आन्दोलनका क्रममा तनहुँको तनहुँसुरका चार जनाले एकै दिन सहादत पाएका थिए । २००७ माघ २ गते बन्दीपुर अड्डा कब्जा गर्न जाने क्रममा एकै गाउँका सन्तबहादुर राना, धर्मराज बतास, उत्तरकुमार श्रेष्ठ र चन्द्रबहादुर सार्कीले मृत्युवरण गर्न पुगेका थिए ।

राणाका सैनिकले कांग्रेसको नेतृत्वमा भएको कब्जा आन्दोलनमा अड्डा छाडेर जानु अघि भएको गोली प्रहारमा तनहुँसुरका चारजना सँगै धर्मध्वज गुरुङ र खड्गबहादुर गोदार गरी ६ जनाले ज्यान गुमाएका थिए ।


उनीहरुको सम्झनामा झण्डै ६० लाखको लागतमा तनहुँसुर गढीमा ६ जनाकै प्रतिमा स्थापना गरिएको छ । तत्कालीन राणाशासकविरुद्धको आन्दोलनमा तनहुँसुरवासीको योगदान उल्लेख्य रहेको बताइन्छ । यसैगरी प्रजातान्त्रिक आन्दोलनमा तनहुँकै अर्को गाउँ पुलिमराङका सहिदले पनि सहादत प्राप्त गरेका थिए ।


ऐतिहासिक र पर्यटकीय थलो तनहुँसुर सहिदहरुको सम्झनामा बनेको आकर्षक पार्कपछि पर्यटक भित्रने आशामा बसेको सहिद स्मृति पार्कका अध्यक्ष हरिराज पण्डितले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी