कोभिडविरुद्धको योगदानका लागि आदिकवि प्रमुख हड्खलेलाई राष्ट्रिय सम्मान

  • ख-
  • ख+

दमौलीः कोभिड १९ संक्रमणका समयमा नियन्त्रण र रोकथामका लागि विशेष भूमिका खेलेको भन्दै आदिकवि भानुभक्त क्याम्पस दमौलीका प्रमुख महाप्रसाद हड्खलेलाई विशेष सम्मान प्रदान गरिएको छ ।


शिक्षा र विकासका क्षेत्रमा काम कार्यरत संस्था फोकस नेपालले देशभरका शैक्षिक संस्थाका प्रमुख मध्ये हड्खलेलाई सम्मान गरेको हो । प्रथम उप राष्ट्रपति परमानन्द झाले राजधानीमा आयोजित कार्यक्रममा हड्खलेलाई सम्मान पत्रका साथ सम्मान गरे ।


प्रमुख हड्खलेसँगै स्थानीय सकारका प्रमुख, महिला अगुवा तथा समाजका विविध क्षेत्रका १२ जना सम्मानित भएका छन् ।


कोभिड संक्रमणका समयमा आदिकवि भानुभक्त क्याम्पसमा आइसोलेसन तयार पारिएको थियो । त्यसको व्यवस्थापनमा उनी प्रत्यक्ष संलग्न थिए । आइसोलेसन व्यवस्थापनकै क्रममा छतबाट खसेर प्रमुख हड्खले झण्डै एक महिना बिरामी परेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी