न्यायपालिकालाई सत्ताले दबाब दियो ः डा. रामशरण महत

  • ख-
  • ख+

दमौलीः नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व अर्थ मन्त्री डा. रामशरण महतले प्रतिनिधि सभा विघटनको मुद्दामा न्यायपालिकाप्रति नागरिकको शंका रहेको बताएका छन् ।


चौथो व्यास नगर अल्ट्रा म्याराथनको उद्घाटनका लागि तनहुँ आएका डा. महतले दमौली न्यूजसँग कुरा गर्दै यस विवादमा सत्ताले सर्वोच्च अदालतलाई दबाब दिएको आरोप लगाए ।


‘सत्ताले अनावश्यक दबाब दिइरहेको छ,’ उनले भने,‘निष्पक्ष निर्णय हुन्छ भन्नेमा मानिसले शंका गरेका छन् ।’

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी