व्यास नगर चौथो अल्ट्रा म्याराथन:एक सय ७० धावक, डा. महतले उद्घाटन गर्ने

  • ख-
  • ख+

दमौलीः सहिद दिवसमा हरेक वर्ष म्याराथन प्रतियोगिता गर्दै आइरहेको व्यास नगरपालिकाले यसपाली पनि खुला अल्ट्रा म्याराथन प्रतियोगिता शुक्रबार गर्दैछ ।


प्रतियोगिताको कांग्रेस केन्द्रीय सदस्य एवं पूर्व अर्थ मन्त्री डा. रामशरण महतले उद्घाटन गर्दैछन् ।
प्रतियोगिताको अघिल्लो दिन बिहिबार प्रतियोगिताका लागि बाँकी धेरै तयारी सकिएको नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार यसपाली प्रतियोगितामा करिब एक सय ७० धावक सहभागी हुने अनुमान गरिएको छ । प्रतियोगिमा स्थानीय धावकका अलावा राष्ट्रियस्तरका धावक पनि सहभागी हुँदैछन् । नेपाली सेना र सशस्त्र प्रहरीका धावकले विशेष रुचि देखाएका छन् ।


४४ किलोमिटर दुरीको प्रतियोगिता मानुङकोटबाट पुलिमराङसम्म हुँदैछ । यसक्रममा सात ठाउँमा चेकिङ प्वाइन्ट राखिनेछ । विभिन्न टोल विकास संस्था, आमा समूह आदिको प्रतियोगिता आयोजनामा साथ रहेको प्रवक्ता श्रेष्ठले बताए ।


नगरपालिकाले प्रतियोगिताको समापनस्थल पुलिमराङमा झण्डै सात सय जनालाई भोजसहितको व्यवस्थापनको तयारी गरेको छ । प्रतियोगितालाई पोहोरका तुलनामा थप व्यवस्थित गराइने नगरपालिकाले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी