
दमौलीः दमौलीको समाधान अस्पतालले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । सेवाको विघटित प्रतिनिधि सभा सदस्य कलिला खानले उद्घाटन गरिन् ।
उनले दमौलीमा स्वास्थ्य सेवा सहजतका लागि अस्पतालले थालेको सेवाको सराहना गरिन् ।
युवा व्यवसायी तथा चिकित्सक समेतको संलग्नतामा स्थापित अस्पतालले फिजिसियन तथा विशेषज्ञ सेवा दिंदै आईरहेको छ ।
एम्बुलेन्स सेवा थपिए पछि सेवा प्रदानमा सहजता आउने विश्वास गरिएको अस्पतालका अध्यक्ष समिम खानले बताए ।