
दमौलीः व्यास नगरपालिकाले चौथो व्यास नगर अल्ट्रा म्याराथनका क्रममा सार्वजनिक बिदा घोषणा गरेको छ ।
सहिद दिवसका अवसरमा नेपाल सरकारको बिदा कटौती भएको भन्दै नगरपालिकाले यसै दिवसका दिन आयोजना गरिएको प्रतियोगितामा बिदा दिने घोषणा गरेको हो ।

दिवसकै अवसरमा शुक्रबार पर्यटकीय मानुङकोटबाट पुलिमराङसम्मको ४४ किलोमिटर दौड नगरपालिकाले गर्दै आएको छ ।
सहिदहरुप्रति सम्मान प्रकट गर्दै प्रतियोगिता समेत गर्दै आएकाले शुक्रबार नगरपालिका अन्र्तगतका सबै वडा कार्यालयहरु, स्वास्थ्य संस्था एवं सबै सामुदायिक तथा निजी शैक्षिक संस्थामा सार्वजनिक बिदा दिने निर्णय भएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत डिल्लीराम सिग्देलद्वारा जारी सूचनामा उल्लेख छ ।