गणेश माविकाे ६७ औं वार्षिकोत्सब सम्पन्न

  • ख-
  • ख+

गणेश माध्यमिक विद्यालय म्याग्दे ४ छाङ काे ६७ औं वार्षिकत्सब तथा अभिभावक भेला विहिवार सम्पन्न भएको छ । कार्यक्रमकाे म्याग्दे गापा कि अध्यक्ष मायादेवी रानाले उद्घाटन गर्दै विद्यालयलाइ गाउँपालिकाले विभिन्न किसिमका सहयोग हरू गर्दै आएको बताइन । गाउँपालिकाले दिवा खाजा , त्यसको लागि आवश्यक भाँडाकुँडा , विज्ञान बिषयका लागि चाहिने पुर्वाधार जस्ता विषयमा सहयोग गरेको उनकाे भनाइ थियो । गणेश माविको आफ्नो छुट्टै इतिहास रहेको छ भन्दै अग्रजहरूले जुन साेचका साथ विद्यालय स्थापना गरेर जानुभयो त्यसलाई हामीले सफलतामा पुर्याउनु पर्ने उनको भनाइ थियो । राजमार्ग बाट छाङ आउनको लागि बाटाे विस्तार , मर्मत , पिच हुने क्रममा रहेको हुँदा विद्यालय आउन जानकाे लागि सहज हुने उनले बताइन् । अाफ्नाे सपना छाङ माविलाई क्याम्पस बनाउने रहेको भए पनि विभिन्न कारणले नसकिरहेको रानाले बताइन् । गाउँपालिका नितिकाे तथा छलफलकाे आधारमा आफूले चलाइरहेको हुँदा अहिलेसम्म कुनै समस्या नरहेको रानाको भनाइ थियो । काङ्ग्रेसले जितेको गाउँपालिका भएको र आफुपनि संघर्ष बाटै आएको हुँदा कम्युनिस्टले जस्तो फाेस्राे अाश्वासन हैन काम गरेर देखाउँदै आएको र देखाउँदै जाने उनको भनाइ थियो । कार्यक्रममा म्याग्दे कार्यपालिका सदस्य चिनिमायाँ थापा , हुत्तमणि अधिकारी , बम बहादुर मगर , परशुराम राममायाँ छात्रवृत्ति काेषका अध्यक्ष प्रेमराज अधिकारी , जितेन्द्र अधिकारीले सुभकामना मन्तब्य राखेका थिए । वक्ताहरूले तत्कालीन अवस्थामा छाङकाे डाँडा र आसपास एउटा पनि विद्यालय नभएको अवस्थामा अग्रज मनिराज राना हरूले निकै दुख गरि विद्यालय स्थापना गरेको हुँदा यसलाई सबल , सक्षम र गुणस्तरीय शिक्षा दिँदै यसलाई अनन्तकाल सम्म लैजानुपर्नेमा जाेड दिए । पहिले पहिले विद्यार्थी संख्या निकै धेरै रहेको र सेक्सन छुट्याउन पर्ने अवस्था भएकोमा अहिले पछिल्लो समय मानिसहरूकाे वसाइसराइ लगायतका विभिन्न कारणले विद्यार्थी संख्या न्यून हुँदै गएकोमा वक्ताहरूकाे चिन्ता थियो । वार्सिकाेत्सव समारोहमा विद्यालयका पुर्व शिक्षक बम बहादुर मस्राङ्गि र हुत्तमणि अधिकारी लाई फुलमाला र सम्मानपत्र ले सम्मान गरिएको थियो । साे अवसरमा विद्यालयका प्राध्यापक शिवराज घिमिरेले विद्यालयकाे प्रगति विवरण प्रस्तुत गरेका थिए । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खड्क वहादुर अालेकाे अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमकाे स्वागत रविराज पाेख्रेलले र सन्चालन जितराज रानाले गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी