
आँबुखैरेनीः नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले आफूले अवसर पाए पुनः वन मन्त्री हुने बताएका छन् । तनहुँको आँबुखैरेनी १ को वडा कार्यालयको बुधबार उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
अहिलेको कम्युनिष्ट सरकारले देश चलाउन नसकेकाले नयाँ जनमतमा जानुपर्ने भन्दै उनले तर त्यसका लागि अदालतको आदेश आउन भने बाँकी रहेको बताए ।
‘कम्युनिष्ट पार्टीले देश चलाउन नसकेको पुष्टि भएको छ,’ उनले भने,‘त्यत्रो जनमत पाएको पार्टीले सत्ता चलाउन नसकेपछि नयाँ जनमत आवश्यक छ ।’ उनले अदालतको आदेशको भने पार्टीले पालना गर्ने बताए ।
उनले नयाँ सरकारको नेतृत्व कांग्रेसले पाएका खण्डमा आफू पुनः वनमन्त्री हुने इच्छा व्यक्त गरे । ‘मैले पाएँ भने फेरि वन मन्त्री नै हुन्छु,’ उनले भने,‘मैले त्यहाँ सम्भावना देखेको छु ।’
आफ्नो इच्छाभन्दा पार्टी र देश ठूलो भएको भन्दै उनले पार्टीले अवसर दिएमा भने आफ्नो रोजाइ वन मन्त्रालय हुने बताए । वन श्रोतको सदुपयोग गरेर २५ लाखलाई रोजगारी दिने पनि उनले बताए । आफूलाई मन्त्री हुन कुनै लोभ भने नभएको उनले बताए ।