माघ २७ देखि पोखरामा टाइगर कप आमन्त्रित राष्ट्रिय भलिबल प्रतियोगिता

  • ख-
  • ख+

पोखरा: पोखरामा हुन लागेको “प्रथम टाइगर कप आमन्त्रित राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता”मा राष्ट्रियस्तरका भलिबल क्लबको सहभागीता हुने भएको छ ।

पोखरा रंगशालामा माघ २७ गते देखि फागुन १ गते सम्म सञ्चालन हुने प्रतियोगितामा महिलातर्फ सशस्त्र प्रहरीबल काठमाण्डौ, त्रिभुवन आर्मी क्लव, काठमाण्डौं, नेपाल प्रहरी काठमाण्डौ र न्यू डायमण्डको सहभागिता रहने छ । यसै गरि पुरुषतर्फ सशस्त्र प्रहरीबल काठमाण्डौ, त्रिभुवन आर्मी क्लव, काठमाण्डौं, नेपाल प्रहरी काठमाण्डौ र गण्डकी प्रदेशको सहभागिता रहने भएको छ ।

प्रतियोगितामा उपाधी विजेता महिला तथा पुरुष टिमले समान १ लाख ५० हजार, द्वितिय हुनेले ७५ हजार तथा तृतियले नगद २५ हजारका साथमा मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । त्यसै गरि सर्वोत्कृष्ट महिला तथा पुरुष खेलाडीले समान २०–२० हजार प्राप्त गर्नेछन । त्यस्तै उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट डिफेण्डर तथा स्पाइकर महिला तथा पुरुष खेलाडीले समान ५–५ हजार नगद प्राप्त गर्ने भएका छन् ।

प्रतियोगिता प्रचार प्रसार समितीका संयोजक रामकृष्ण ज्ञवालीले हाम्रो खेलकुदमार्फत प्रत्यक्ष प्रसारण समेत हुने जानकारी दिए ।

राउण्ड रोबिन लिगको आधारमा सञ्चालन हुने प्रतियोगिताले पोखरामा खेल क्षेत्रमा चहलपहल ल्याउने आयोजकको विश्वास छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी