
दमौली: तनहुँमा कोभिडविरुद्ध भ्याक्सिन लगाउने अभियान शुरू गरिएको छ ।स्वास्थ्य कार्यालय तनहुँले दमौली अस्पतालमा केन्द्र राखेर खोप अभियान थालेको हो ।
अभियानको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले शुरुआत गरे ।कार्यालय अन्तर्गत थप्रेकमा कार्यरत वीरेन्द्रकुमार चौधरीबाट अभियान थालिएको हो ।

माघ १९ सम्म झण्डै १७ सय लाई खोप लगाउने तयारी गरिएको छ । हालसम्म १६ सय ७९ को नाम खोपका लागि संकलन गरिएको छ ।

अग्र पंक्तिमा खटिएका सरकारी तथा निजी क्षेत्रका स्वास्थ्यकर्मी तथा अन्य अग्रपङ्क्तिका सेवा प्रदायकलाई खोप लगाइने स्वास्थ्य कार्यालय प्रमुख शंकरबाबु अधिकारीले जानकारी दिए ।