
दमौलीः तनहुँका तीन जना निजामती कर्मचारी एकै साथ उप सचिव भएका छन् ।लोक सेवा आयोगले लिएको खुला प्रतिष्पर्धाबाट लिखित परीक्षामा नाम निकालेका मध्ये तीन जना उप सचिवको अन्र्तवार्तामा उत्तीर्ण हुन सफल भएका हुन् ।
यस अघि शुक्लागण्डकी नगरपालिका तथा म्याग्दे गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भैसकेका नागिलाले ४१ मध्ये १९ औं नम्बरमा नाम निकालेका छन् ।
यसैगरी तत्कालिन बन्दीपुर गाउँपालिकाका प्रमुख कार्यकारी रहेका कुमान गुरुङले २७ तथा शुक्लागण्डकी ११ निवासी राजन भट्टराईले पनि उप सचिवमा नाम निकालेका छन् ।
यसले उनीहरुलाई सह सचिव हुँदै प्रशासनिक सेवामा सचिवस्तरसम्म पुग्ने मार्ग प्रशस्त गरेको छ ।