ऋषिङको दधिवनमा बत्ती पुग्यो

  • ख-
  • ख+

ऋषिङः ऋषिङ वडा नम्बर ७ को विकट गाउँ दधिवनमा विद्युत सेवा पुगेको छ । सेवाको
संविधान सभा सदस्य सांसद झुलबहादुर आलेले उद्घाटन गरे ।

विद्युतको स्विच अन गरेर उद्घाटन गर्दै उनले गाउँमा विद्युतको सेवा शुरु भएसँगै अरु विकासका बाटा खुलेको बताए ।
कार्यक्रममा ऋषिङ गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले गाउँपालिकालाई गाउँमै बसौं बसौं बनाउने अभियान अन्र्तगत विकास निर्माणका कार्य प्रशस्त थप गरिएको बताए ।

ऋषिङ ७ का वडा अध्यक्ष जंगवीर आलेको सभापतित्वमा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष गिनुमाया थापा लगायतले गाउँवासीलाई बधाई दिएका थिए ।


गाउँपालिकाको विकास कार्यले गाउँ नै उज्यालो बनाउन भूमिका खेलेको भन्दै गाउँवासीले गाउँपालिकाप्रति आभार प्रकट गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी