रुम्सीको केशवटार प्रावि ६६ औं वर्ष प्रवेश

  • ख-
  • ख+

दमौलीः केशवटार प्राथमिक विद्यालय व्यास नगरपालिका वडा नं १४, रुम्सीको ६५ औ वाािर्षकोत्सव एवं अभिभावक समारोह सम्पन्न भएको छ ।


त्यस क्षेत्रकै पुरानो विद्यालयको वार्षिकोत्सव उद्घाटन गर्दै व्यास–१४ का वडाध्यक्ष काजीमान श्रेष्ठले विद्यालयले ६५ औ वाषर््िाकोत्सव मनाईरहँदा यस विद्यालयले यस क्षेत्रमा शिक्षामा ठुलो योगदान दिएको बताए । विद्यालयलाई समय सापेक्ष बनाएर गुणस्तरीय सेवा दिन उनले सुझाव दिए ।


व्यास नगर कार्यपालिका सदस्य नरिमाया रानाले विद्यालयलाई चुस्त बनाउन अभिभावकको महत्वपूर्ण भूमिका हुनुपर्ने बताए । यसैगरी, केशवटार माविका प्राचार्य दुर्गाबहादुर आलेले शैक्षिक गुणस्तर सुधारका लागि सरोकारवालाले ध्यान दिनुपर्ने बताए ।


विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष भिमकुमारी थापाको अध्यक्षतामा कार्यक्रममा रुम्सी टोल विकास संस्थाका अध्यक्ष सन्तोष राना मगर, एसओएस बालग्रामका प्रतिनिधि अमृत पन्थी लगायतका बारेमा बोलेका थिए । कार्यक्रममा प्रधानाध्यापक सन्तराज आलेले विद्यालयको वाािर्षक प्रतिवेदन पेश गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी