डेढ लाख सहित पक्राउ परेका तनहुँका सब ईञ्जिनियरविरुद्ध अख्तियारद्वारा मुद्दा दायर

  • ख-
  • ख+

दमौलीः विद्यालय शौचालय निर्माणको अन्तिम किस्ता निकासा गरिदिएवापत रकम घुस लिंदा पक्राउ परेका राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) का सब इन्जिनियर सुरेन्द्र अधिकारीविरुद्ध सजाय मागदाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।


गत पुुुष२२ गते आयोगको टोलीले उनलाई रकम लिंदा लिंदै पक्राउ गरेको थियो । भानु ५ मैबलको सरस्वती माध्यमिक विद्यालयको १४ लाख ६९ हजार रुपैयाँमा निर्माण सम्पन्न शौचालयको अन्तिम किस्ता भुक्तानीका लागि प्रक्रिया पुरा गरेवापत आफूलाई डेढ लाख रुपैयाँ घुस दिनुपर्ने प्रस्ताव उनले गरेको सार्वजनिक भएको थियो ।


घुस लिंदै गरेको सूचना आएको भन्दै अख्तियारको टोलीले दमौली मालपोत लाइनको एक होटलबाट अधिकारीलाई पक्रेको थियो ।
त्यसपछि अनुसन्धानका लागि लगिएका अधिकारीविरुद्ध अनुसन्धानका क्रममा घुस लिएको पुष्टि भएको भन्दै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) अनुसार विशेष अदालतमा आरोपपत्र दायर गरिएको अख्तियारका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले जानकारी दिए ।


अख्तियारको आरोप पत्रमा अधिकारीविरुद्ध डेढ लाख रुपैयाँ बिगो सजाय माग दावी गर्दै आरोपपत्र दायर गरिएको उल्लेख छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी