गरिबी निवारण गर्न म्याग्देमा लघु उद्यम विकास कार्यक्रम

  • ख-
  • ख+

म्याग्देः म्याग्दे गाउँपालिकाले लघु उद्यम विकास कार्यक्रम सञ्चालनका लागि वडा नम्बर ४ मा अभिमुखीकरण कार्यक्रम गरेको छ ।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले अभिमुखिकरण कार्यक्रमको उद्घाटन गर्दै लघु, घरेलु तथा साना उद्यमी सृजना गर्ने गरि कार्यक्रम सचालन हुने बताइन् । सीप सिकाएर गरिबी निवारण गर्न लघु उद्यम कार्यक्रम प्रभावकारी हुने उनले बताइन् ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले सीप सिके पश्चात कम लगानीमा घर घरमै उद्योग सचालन गर्न सकिने भएकाले कुशल प्रशिक्षकबाट तालिम दिइएको बताए ।
कार्यपालिका सदस्य बद्रीका घिमिरेले सीप सिके पश्चात घरेलु उधोग घरमा नै बसेर सचालन गर्न सकिने भएकाले यसतर्फ लाग्न महिलारूलाई आगह गरिन् ।

गरिबी निवारणका लागि लघु उद्यम विकास (मेड्पा) कार्यक्रम सचालन प्रकृया बारेमा जानकारी दिन आयोजित प्रशिक्षण कार्यक्रममा जनप्रतिनिधिहरू, नागरिक समाजका प्रतिनिधि, उधमि, कर्मचारी लगायतलाई कार्यक्रमबारे जानकारी दिने उदेश्यका साथ प्रशिक्षण कार्यक्रम आयोजना गरिएको उद्योग विकास शाखा प्रमुख प्रदीप न्यौपानेले जानकारी दिए ।


वडा स्तरमा सचालित घरधुरि सरवेक्षण, उद्यमशिलता तालिम, सीप विकास तालिम, बजार सन्जाल, बचत परिचालन लगायतका विषय जानकारि गराई नयाँ उद्यमी ९० र स्तरोन्नति ५० गरि १ सय ३० उद्यमी यस वर्ष उत्पादन गर्ने लक्ष्य रहेको न्यौपानेले जानकारी दिए ।
वडा न ४ का अध्यक्ष प्रेमवहादुर आलेको सभापतित्वमा सम्पन्न कार्यक्रममा गाउँपालिकाका पवन कुमार तिवारीले पनि बोलेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी