
दमौली: तनहुँमा कोरोना विरुद्धको खोप भित्रिएको छ। अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीलाई लगाउनका लागि पहिलो चरणमा एक हजार नौ सय ९० डोज खोप भित्रिएको स्वास्थ्य कार्यालय तनहुँले जानकारी दिएको हो ।
प्रमुख जिल्ला अधिकारी सागर आचार्यले स्वास्थ्य प्रमुख शंकरबाबु अधिकारीलाई खोप मंगलबार हस्तान्तरण गरे ।पहिलो चरणमा एक हजार छ सय ७९ जनालाई खोप लगाइने स्वास्थ्य प्रमुख अधिकारीले जानकारी दिए ।
बुधबार बाट माघ १९ गतेसम्म खोप लगाउने कार्यक्रम रहेको अधिकारीले जानकारी दिए ।सबैलाई दमौली अस्पतालबाट खोप लगाउने गरी तालिका बनाइएको कार्यालयले जनाएको छ ।