व्यास ७ मा एक घर एक धारा अन्तिम चरणमा

  • ख-
  • ख+

दमौलीः व्यास ७ मा एक घर एक धारा अभियान अन्तिम चरणमा पुगेको छ । वडाध्यक्ष सतिशचन्द्र न्यौपानेले वडावासीसँग हरेक घरमा धारा पु¥याउने प्रतिवद्धता जनाएका थिए । त्यसअन्र्तगत काम अन्तिम चरणमा पुगेको उनले जानकारी दिए ।


हालै मात्र वडाको विकट पन्थे गाउँमा निर्मित धाराको उनले उद्घाटन गरेका थिए । सो टोलमा आठ घरधुरीका ४० जनालाई लाभ पुगेको बताइएको छ । न्यौपानेका अनुसार धारा बन्न बाँकी टोलहरुमा पनि काम धमाधम भैरहेको छ ।

वडाका १३ टोलमध्ये तीन टोलमा ७०, ७५ र ३२ धारा निर्माण सकिए पनि उद्घाटन बाँकी छ । यसैगरी अन्य टोलमा पनि काम अन्तिम चरणमा पुगेकाले केही समयमा वडाका सबै घरधुरीमा धारा पु¥याउने अभियान सफल हुने आशा गरेको न्यौपानेले बताए ।

बनिसकेका धाराहरु पनि उद्घाटन हुने र अन्तिम चरणमा पुगेकाको काम पनि पुरा गरेर वडावासीसामु गरेको प्रतिवद्धता पुरा गर्ने न्यौपानेले प्रतिवद्धता जनाए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी