‘फरार’ १० प्रहरी नियन्त्रणमा

  • ख-
  • ख+

दमौलीःतनहुँ प्रहरीले अदालतबाट भएको सजाय भुक्तान नगरेका १० व्यक्तिलाई पक्रेको छ ।

विभिन्न अपराध एवं मुद्दाहरुमा संलग्न रहेर फरार तथा अदालतबाट भएको सजाय भुक्तान गर्न बाँकी व्यक्ति खोज्ने क्रममा जिल्लाका विभिन्न भागबाट १० जनालाई पक्राय गरिएको प्रहरी नायब उपरीषक युवराज तिमल्सेनाले बताए ।


प्रहरीले पक्राउ गरेकामा लागूऔषध, सम्बन्ध बिच्छेद, जालसाजी, कुटपिट आदि मुद्दामा संलग्नता रहेका तथा सजाय पाएका व्यक्ति छन् ।


उनीहरुबाट ४ महिना कैद र १५ हजार पाँच सय रुपैयाँ संकलन भएको बताइएको छ । जेल सजाय बाँकी रहेका कारागार चलान भएको र जरिवाना मात्र तिर्न बाँकी भने जरिवाना बुझाएर रिहा भएको बताइएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी