प्रधानमन्त्री ओलीलाई ‘नेकपा’को ‘साधारण सदस्य’बाट हटाइयो

  • ख-
  • ख+

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरि कारबाही गरेको छ ।

कोटेश्वरको पेरिसडाँडास्थित पार्टी कार्यालयमा आइतबार बसेको प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठकले प्रधानमन्त्री ओलीलाई साधारण सदस्यसमेत नरहने गरि कारबाही गर्ने निर्णय गरेको हो ।

प्रचण्ड–नेपाल समूहकी स्थायी कमिटी सदस्य पम्फा भुसालले ओलीलाई साधारण सदस्यसमेत नरहने गरि कारबाही गरेको पुष्टि गरेकी छन् ।

यसअघि माघ २ गते बसेको स्थायी कमिटी बैठकले ओलीलाई पार्टीबाट निस्कासनका लागि विधानअनुसार पुर्‍याउनुपर्ने प्रक्रियाहरु अघि बढाउने निर्णय गरेको थियो । उक्त बैठकले महासचिव विष्णु पौडेललाई पदमुक्त गर्ने निर्णय गरेको थियो ।

यसअघि माघ ५ गते प्रधानमन्त्री ओलीलाई कारबाही किन नगर्ने भन्‍ने पत्र बोकेर बालुवाटार पुगेका प्रचण्ड-नेपाल समूहका नेताहरुलाई बालुवाटार गेटमै रोकिएको थियो । उनीहरुलाई प्रधानमन्त्री ओलीसँग भेट गर्न नदिएपछि गेटमै सुरक्षाकर्मीहरुलाई स्पष्टिकरण पत्र बुझाएर फर्किएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी