प्राज्ञिक परिषदद्वारा पाञ्चायन मन्दिरको सफाइ

  • ख-
  • ख+

दमौली:प्राज्ञिक विद्यार्थी परिषद् ब्यास नगर इकाईले व्यास क्षेत्रकाे धार्मिक धराेहर शिव पञ्चायन मन्दिर परिसर क्षेत्रमा सरसफाइ कार्यक्रम सम्पन्न गरेकाे छ। ” विहानीकाे हिडाइ मर्निङ वाककाे केही समय “सामाजिक उत्तरदायित्व र जिम्मेवारीका लागि भन्ने नाराका साथ सरसफाइ कार्यक्रम सम्पन्न भएकाे हाे।

सरसफाई कार्यक्रममा ब्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिक्देलले यस्ता प्राज्ञिक र सामाजिक संयन्त्रहरूले सामाजिक दायित्व वढाउदै रूपान्तरणीय सकारात्मक परिवर्तन ल्याउन कार्यान्वयन पाटाेमा घच्घचाउने धारणा राखेका थिए।

सिग्देलले ब्यास नगरपालिकाले स्राेत र साधनले समेट्ने गरि यस्ता गतिविधिलाई जाेड दिदै लैजाने याेजना रहेकाे जानकारी दिए। कार्यक्रममा प्राज्ञिक विद्यार्थी परिषद् तथा कार्यक्रमकाे उदेश्य बारे प्रकाश पार्दै प्रदेश अध्यक्ष पुष्पराज खतिवडाले सबै शिक्षाप्रेमी ,शिक्षक तथा विद्यार्थीकाे सिङ्गो टिमलाई शैक्षिक क्षेत्र तथा सामाजिक दायित्वमा समेत उभ्याएर राष्ट्रियता जगाउन सकिने धारणा राखेका थिए।

कार्यक्रमका व्यास नगरपालिका वडा न ३का वडाअध्यक्ष प्रेमकुमार श्रेष्ठले सामाजिक दायित्व मा प्राज्ञिक विद्यार्थी परिषद् काे याेगदानले कार्यमा घच्घच्याएकाे धारणा राखेका थिए। सरसफाइ कार्यक्रममा शिव पञ्चायन मन्दिर संरक्षण समितिका अध्यक्ष अशाेक कुमार श्रेष्ठ ,व्यास क्षेत्र संरक्षक दामोदर बाबा,प्राज्ञिकहरू,शिक्षाप्रेमी,विद्यार्थी ,व्यास नगरपालिकाका सरसफाइ कर्मचारी लगाएतकाे उपस्थित रहेकाे थियाे।

सरसफाइ कार्यक्रममा व्यास गुफा क्षेत्र शिव पञ्चायन मन्दिर परिसर काे सरसफाइ गरिएकाे सरसफाइ कार्यक्रमकी संयोजक तथा प्राज्ञिक विद्यार्थी परिषद्की उपाध्यक्ष प्रकृति न्याैपाने जानकारी दिइन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी