भदौ १६, मुग्लिङ काठमाडौं बाट सर्लाही जाँदै गरेको एक एम्बुलेन्स त्रिशुली नदीमा खस्दा एक बेपत्ता भएका छन् ।
इच्छाकामना ३ फिस्लिङ स्थित पृथ्वीराजमार्ग बाट तल खसेको ना ५ च १०३३ नमबरको एम्बुलेन्समा सवार तीन जना घाइते भएका छन् ।
प्रतिनिधि तस्बिर
विहान करिब १० बजेतिर भएको दुर्घटनामा घाइतेलाई चितवनको भरतपुर रिफर गरिएको छ । बेपत्ताको खोजीका लागि प्रहरी घटनास्थल पुगेको छ ।