छाब्दीमा एक सय ५८ महिलाको पाठेघर परीक्षण

  • ख-
  • ख+

प्रकृति खनाल न्यौपाने

छाब्दी: महिलाको पाठेघरको क्यान्सर न्युनीकरणका लागि यस वर्षको दोस्रो चरणको स्वास्थ्य शिविर सम्पन्न भएको छ । सामुदायिक स्वास्थ्य क्लिनिक छाब्दीमा शिविर सञ्चालन गरिएको थियो ।


शिविरमा पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य विज्ञान प्रतिष्ठानकी प्रसुति रोग विशेषज्ञ डा सिर्जना शर्माको नेतृत्वको टोली उपचारमा खटेको थियो । टिममा नर्सिङ अधिकृत राधिका रेग्मी,अस्पताल नर्सिङ निरिक्षक पुस्पा महर्जन लगायत पाँच जनाको टिम र व्यास नगरपालिकाका स्वास्थ्य कर्मचारीको सहभागीता रहेको थियो ।


शिविरमा लगभग एक सय ५८जना जनाको सहभागीता रहेको जनस्वास्थ्य अधिकृत प्रमोद सोतीले जानकारी दिए । महिलाहरूको पाठेघरको मुखमा हुने क्यान्सर न्युनीकरणका लागि निशुल्क स्वास्थ शिविर गरिएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाका नगरप्रमुख वैकुण्ठ न्यौपानेले सेवाग्राही मध्ये सबैभन्दा बृद्व महिलालाई पुर्जि दिएर शिविरको उद्घाटन गरेका थिए ।

शिविरको उद्घाटन गर्दै नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपानेले पाठेघरको मुखको क्यान्सरबारे सचेत हुदै बेलैमा उपचार गराउन शिविर प्रभावकारी हुने भन्दै उपचार महिला विशेषज्ञले नै गरेकाले महिलाहरूलाई आफ्ना समस्या खुलेर उपचार गर्न सुझाव दिएका थिए ।

नगरपालिकाकी उपप्रमुख मिरा जोशीले महिलाहरू उपचार गर्न समेत लजाउने,आफ्नो समस्या भन्न पुरूष चिकित्सक सँग डराउने भएकाले महिला प्रसुति रोग विशेषज्ञको नै व्यवस्था गरिएको जानकारी दिइन् ।

शिविरमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले धेरै अनुभवी तथा प्राज्ञ विशेषज्ञको टोली आएकोले महिलाको समस्या समाधान हुने आशा गरे ।


व्यास नगरपालिकाका वडा न १४का वडाअध्यक्ष काजीमान श्रेष्ठले यस्ता शिविरहरूले ग्रामिण भेगका महिलाहरूको समस्या समेत सम्वोधन गर्ने धारणा राखे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी