
पोखराः गण्डकी प्रदेशमा कोरोनाविरुद्धको ‘कोभिसिल्ड’खोप वितरणको तयारी थालिएको छ । सरकारले भारतबाट अनुदानमा प्राप्त १० लाख डोज खोप अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीसहितका कर्मचारीलाई लगाउने घोषणा गरेको थियो ।
त्यसक्रममा गण्डकी प्रदेशमा आएको खोप यस क्षेत्रका सरकारी, निजि तथा सामुदायिक स्वास्थ्य संस्था, एम्बुलेन्स तथा ती संस्थाका अन्य सवारी चालक लगायतलाई लगाउने तयारी गरिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
उसले सरकारको आइएमयु एपमार्फत आफ्नो विवरण पठाउन आग्रह गरेको छ ।
एपमा आएको विवरणकै आधारमा मात्र खोप कार्ड पाइने भएकाले आवश्यक जानकारी दिनका लागि प्रदेशले स्वास्थ्य तथा सम्बद्धख कर्मचारीलाई आह्वान गरेको छ ।
केही साताभित्रै यस्तो खोप गण्डकी प्रदेशका सबै जिल्लामा लगाउने व्यवस्था मिलाइने निर्देशनालयले जनाएको छ ।