लाठी प्रहार गरेर आमाको हत्या

  • ख-
  • ख+

दमौलीः आफ्नै छोराको लाठी प्रहारबाट व्यास ११ दरैपँधेरामा एक वृद्धाको ज्यान गएको छ । ७१ वर्षिया लक्ष्मीमाया दरैलाई ३८ वर्षका छोरा प्रेमले बिहिबार राती लाठी प्रहार गरेका थिए ।


प्रहरीका अनुसार मदिरा पिएका उनले घरमै रहेकी आमाको टाउकोमा लाठी प्रहार गरेका हुन् ।
स्थानीयका अनुसार जग्गासम्बन्धी विषयमा गालीगलौज गर्दै आक्रमण गरेका उनले उद्धार गर्नेलाई पनि रोकेका थिए ।

प्रहरीले प्रेमलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको प्रहरी नायब उपरीक्षक युवराज तिमल्सेनाले जानकारी दिए ।

पोष्टमार्टमपश्चात मृतक वृद्धाको शुक्रबार अन्त्येष्टि गरिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी