
दमौलीः दमौली खानेपानीको पोखरी मर्मत सकिएको छ ।
दमौलीमा पानी वितरणका लागि निर्मित पोखरीमा जमेको माटो झिक्ने तथा मर्मतको काम भैरहेकाले पानी आपूर्ति एक पटक मात्र भैरहेको थियो ।
एक पटक वितरित पानी पनि प¥याप्त नहुँदा उपभोक्ता समस्यामा परेका थिए ।

मुहानको सफाई र मर्मत सकिएको र पानी ट्यांकीमा भर्न थालिएको संस्थाका कोषाध्यक्ष बुद्धिमान श्रेष्ठले जानकारी दिए । ट्यांकी भरिएमा शनिबार विहान नियमित आपूर्ति गर्ने संस्थाको तयारी छ ।