बाढी पहिरोबाट २ सय ४७ घर बस्न अयोग्य

  • ख-
  • ख+

दमौलीः बाढी पहिरोका कारण तनहुँका दुई सय ४७ घर बस्न अयोग्य भएका छन् । जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार तनहुँका १० वटै तहमा यस्तो समस्या देखिएको छ । .


व्यास नगरपालिकामा सर्वाधिक ७७ तथा म्याग्देमा ४१ घर बस्न अयोग्य पाइएको छ । समितिका अनुसार भानुमा ३२, भिमादमा २९, शुक्लागण्डकीमा २१, देवघाटमा १८ तथा बन्दीपुरमा १३ घर बस्न नमिल्ने गरी भत्केका छन् ।


सबैभन्दा कम ऋषिङमा दुई, घिरिङमा आठ तथा आँबुखैरेनीमा भने छ घर बस्न नमिल्ने भएका छन् । उनीहरु सबै एक मात्र घर भएका व्यक्ति भएको र विकल्प नभएकाले ती सबै घरका धनीलाई गृह मन्त्रालयबाट राहतका लागि नामावली पठाइएको समितिले जानकारी दिएको छ ।


ज्यान गुमाएका परिवारलाई २० लाख
तनहुँमा गत असारयता बाढी पहिरोमा परी ज्यान गुमाएका व्यक्तिका परिवारले २० लाख राहत पाएका छन् ।


जिल्ला विपद् समितिले परिवारको सदस्य गुमाएका छ परिवारका सदस्यलाई राहत वितरण गरिएको जानकारी दिएको छ । समितिले बाढी पहिरोबाट घर, गोठ क्षति भएका, आगलागीमा परेका आदि परिवारलाई पनि राहत वितरण गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी