बन्दीपुर ६ मा कांग्रेसको विरोध सभा

  • ख-
  • ख+

बन्दीपुरः बन्दीपुर ६ मा नेपाली कांग्रेसले विरोध सभा गरेको छ । कार्यक्रमका प्रमुख अतिथि महासमिति सदस्य रामचन्द्र अधिकारीले सरकारले संविधानविपरितका कदम चालेकाले बाध्य भएर संघर्षमा उत्रनु परेको बताए ।


वडा सभापति खुरकजङ गुरुङको सभापतित्वमा भएको कार्यक्रममा वडाध्यक्ष एवं पार्टी जिल्ला सदस्य सन्तबहादुर गुरुङ, जिल्ला सदस्य( सुरेश भट्टराई, पार्टी गाउँ उपसभापति गणेश गुरुङ, पार्टी सचिव बैस गुरुङ, बीपी कोइराला युवा नेतृत्व मन्च तनहुँका सभापति कमल पण्डित, वडा ६ का कोषाध्यक्ष( सबिना गुरुङ तथा कार्यक्रम सन्चालक कर्णबहादुर गुरुङ लगायतले कांग्रेसको विरोध कार्यक्रमबारे बोलेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्