
दमौलीः प्रहरीले चोर्दा चोर्दै दुई व्यक्तिलाई पक्राउ गरेको छ ।
बुधबार भानु १ साजबोटेका ओमबहादुर तिरुवाको साथमा रहेको १६ हजार ५० रुपैयाँ चोरेर भाग्दै गरेका दुई व्यक्तिलाई तत्काल पक्राउ गरेको तनहुँ प्रहरीले जनाएको छ ।
चोरी गरी भाग्दै गरेका रामघाट ७ सर्लाही घर बताउन ५२ वर्षका हर्कबहादुर तामाङ र आमभञ्ज्याङ १ मकवानपुर घर बताउने ४७ वर्षका दोर्जे लामालाई चोरी गरेको नगद सहित ईलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
दुईविरुद्ध चोरी मुद्दा शिर्षकमा म्याद थप लिई थप अनुसन्धान भईरहेको पनि प्रहरीले जनाएको छ ।