भारतबाट भित्रिएको खोप अर्को साताबाट लगाइने

  • ख-
  • ख+

काठमाडौंः भारतबाट भित्रिएको कोरोना भाइरसविरुद्धको खोप काठमाडौं भित्रिएको छ । भारत सरकारले अनुदानका रुपमा दिएको खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भित्र्याइएको हो ।


विमानस्थलमा आयोजित कार्यक्रममा भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गरेका छन् । अक्सफोर्ड र एस्ट्राजेनेकाले विकास गरेको कोरोना खोप कोभिसिल्ड भारतमा सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको छ ।

पहिलो चरणमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, सरसफाइकर्मी र सामाजिक कार्यकर्तालाई लगाइनेछ । खोप आगामी साताबाट खोप लगाउन थालिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

खोप झण्डै चार लाख जनालाई लगाउन पुगिने बताइएको छ । एक जनालाई दुई पटक खोप लगाउनुपर्ने अन्तर्राष्ट्रिय मान्यता छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी