दमौलीमा ९५ लिटर ‘अवैध मदिरा’ नष्ट

  • ख-
  • ख+

दमौली : आन्तरिक राजस्व कार्यालय दमौलीले प्रहरीले नियन्त्रणमा लिएका ९५ लिटर स्थानीय मदिरा नष्ट गरेको छ । गत कात्र्तिक २४ गते प्रहरीले नियन्त्रणमा लिएको सो मदिरा बुधबार कार्यालय परिसरमा नै खाल्डो खनेर नष्ट गरिएको प्रमुख कर अधिकृत नारायण ढकालले बताए ।


ढकाल संयोजकत्वको जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, स्थानीय जन प्रतिनिधि र उद्योग वाणिज्य संघका प्रतिनिधिहरुको उपस्थिति रहेको अवैध मदिरा नियन्त्रण समितिको बैठकले बरामद मदिरा नष्ट गरेको बताइएको छ ।


अबैध स्टिकरको ‘सुक्ष्म अनुगमन’
बैठकले आगामी दिनमा पनि अवैध मदिरा नियन्त्रणका लागि भरपर्दो सूचनाका आधारमा अवैध मदिरा कव्जा गर्न र अन्तःशुल्क स्टिकरको वैधता परीक्षण गर्न सूक्ष्म रुपमा बजार अनुगमन गर्ने निर्णय समेत गरेको कार्यालय प्रमुख ढकालले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी