तनहुँमा १३ प्रतिशत गरिबीको रेखामूनि

  • ख-
  • ख+

दमौलीः तनहुँमा कुल जनसंख्याको १२.८ प्रतिशत नागरिक गरिबीको रेखामुनि रहेको पाइएको छ । गण्डकी प्रदेश सरकारले उपलब्ध गराएको तथ्यांकअनुसार आर्थिक वर्ष ७६।७७ मा १४.८प्रतिशत रहेको तथ्यांकमा ०७७।०७८मा सुधार आएको हो ।


तर पनि कोरोनाको संकटका कारण चालु आर्थिक वर्षको हालसम्मको अवस्थाबारे भने यकिन हुन नसकिएको मुख्यमन्त्री पृथ्वीशुब्बा गुरुङले बताए ।
गण्डकी प्रदेश सभामा बोल्दै उनले गण्डकी प्रदेशभर १४.९ प्रतिशत नागरिक गरिबीको रेखामूनि रहेको बताए ।

दुई प्रतिशत घटाउने लक्ष्य रहे पनि कोभिडका कारण यस्तो लक्ष्य पछि धकेलिएको उनले बताए । प्रदेशको कुल जनसंख्या २४ लाख, ९९ हजार ९०१ मध्ये तीन लाख ७२ हजार ६ सय ६३ निरपेक्ष गरिबीको रेखामूनी रहेको तथ्यांक केन्द्रीय तथ्यांक विभागले दिए पनि चालु आर्थिक वर्षमा केही उद्योगधन्दा खुलेको र आर्थिक गतिविधि बढेकाले केही परिवर्तन भएको हुनसक्ने उनले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी